२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गुल्मीका स्थानीय तहमध्ये रुरुक्षेत्र उत्कृष्ट

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २६ गते २१:१२
गुल्मीका स्थानीय तहमध्ये रुरुक्षेत्र उत्कृष्ट

अर्घाखाँची : गुल्मीका १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । जहाँ रुरुक्षेत्र गाउँपालिकाले सबैभन्दा धेरै वित्तीय प्रगति हासिल गरेको छ ।

यस गाउँपालिकाले चालूतर्फ ९१.३५ प्रतिशत रकम खर्च गर्दा पुँजीगततर्फ ८६.१८ प्रतिशत खर्च गरी समग्रमा ८९.४३ प्रतिशत रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

समयमै निर्णय गर्ने, योजनाहरु कार्यान्वयनमा लैजाने, निर्माण व्यवसायीलाई क्रियाशिल बनाउनुका साथै कर्मचारीसँग समन्वय गरेर काम गरेपछि वित्तीय प्रगति राम्रो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

त्यस्तै गुल्मी दरबार गाउँपालिका दोस्रो बनेको छ । उसले चालुतर्फ खर्च ९०.४१ प्रतिशत र पुँजीगततर्फ ८६.३४ प्रतिशत गरी जम्मा ८९.२१ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताए ।

त्यस्तै छत्रकोट गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत पुँजीगततर्फ ८७.९२ प्रतिशत र समग्रमा ८८.७२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिकाले जनाएको छ ।

धुर्कोट गाउँपालिकाले चालुतर्फ ८९.६९ प्रतिशत र पुँजीगततर्फ ८७.१३ प्रतिशत खर्च गरी समग्रमा ८८.४१ प्रतिशत रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । 

त्यस्तै मदाने गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत, पुँजीगततर्फ ८६.१७ प्रतिशत र समग्रमा ८८.३५ प्रतिशत रकम खर्च भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिक पन्थीले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाको चालुतर्फ ९०.८६ प्रतिशत र पुँजीगत ८१.३५ प्रतिशत गरी जम्मा ८८.२४ प्रतिशत रकम खर्च भएको छ । मालिका गाउँपालिकाले चालूतर्फ ८८.४१ प्रतिशत र पुँजीगततर्फ ८४.९२ प्रतिशत गरी समग्रमा ८७.२२ प्रतिशत रकम खर्च भएको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाले चालुतर्फ ८५.५७ र पुँजीगततर्फ ८०.१२ प्रतिशत गरी ८२.८५ प्रतिशत रकम खर्च गरेको छ ।

कालीगण्डकी गाउँपालिकाले चालुतर्फ ८४.८६ प्रतिशत र पुँजीगततर्फ ८५.११ प्रतिशत गरी कुल ८४.९३ प्रतिशत रकम खर्च गरेको छ । मुसिकोट नगरपालिकाले चालूतर्फ ८६.६९ र पुँजीगततर्फ ७४.४३ गरि समग्रमा ८२.९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । सत्यवती गाउँपालिकाले पनि समग्रमा ८२.५० प्रतिशत वित्तीय प्रगति हासिल गर्दा चालूतर्फ ८५.९१ प्रतिशत र पुँजीगततर्फ ७५.१४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

त्यस्तै सबैभन्दा कम वित्तीय प्रगति इस्मा गाउँपालिकाको देखिएको छ । इस्माले पुँजीगत खर्च ७७ प्रतिशत र चालू खर्च ८३.४ प्रतिशत गरी समग्रमा ८१.४२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise