२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

गुठीचौर-४ बालमैत्री वडा घोषणा

Nada
दिलमाया शाही
२०८२ जेठ ३० गते २०:५७
Shares
गुठीचौर-४ बालमैत्री वडा घोषणा

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका ४ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पूरा गरेकाले वडालाई पालिकाको पहिलो वडाका रुपमा घोषणा गरिएको हो । यस अघि सोही वडालाई बालविवाह मुक्त वडा घोषणा समेत गरिएको थियो । 

ncell

त्यस्तै बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको गुठीचौर गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख सूस्मिता थापाले बताइन् । उनले भनिन्,‘बालबालिकाको अधिकार कानुनी, सामाजिक, र नैतिक अधिकारहरूलाई  कार्यान्वयन गर्नतर्फ लागेको छ ।’ उनका अनुसार बालबालिकाको सुरक्षामा, स्वास्थ्यमा, शिक्षा र सर्वाधिकार विकासमा मद्दत पुग्नेछ । 

त्यस्तै हरेक बालबालिकाले स्वस्थ जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरूको अधिकार भएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनले घोषणा पछि स्थानीय सरकारले प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरे ।

त्यस्तै गाउँपालिकाले विभिन्न गतिविधि गरेको गुठीचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताए । उनका अनुसार वैधानिक र कानुनी रुपमा स्थापित भएको बाल अधिकारलाई व्यवहारिक रुपमा अभ्यास, अनुभूति र प्रयोग भएको सुनिश्चित गर्न नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ र घोषणा कार्यविधि २०६९ जारी गरि बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरेको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले बालमैत्री स्थानीय शासन कार्यक्रमको अवलम्बन, तयारी, र घोषणाका प्रक्रिया र सूचकहरू निर्धारण गरेको उनकोे भनाइ छ  । 

त्यस्तै बालमैत्री वडा घोषणको लागि किर्डाक नेपाल लगायतका संस्थाको महत्वपूर्ण भूमिका  रहेको गाउँपालिकाका उपाध्यक्ष शान्ति कुमारीले मल्ल भण्डारीले बताइन् । उनका अनुसार बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्म दर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै गुठीचौर गाउँपालिकाका ४का वडाध्यक्ष टिकादत्त न्यौपालेले  स्थानीय सरकार बालबालिकाको विकासतर्फ लागि परेको बताए । उनले वडामा हुने हरेक गतिविधिमा बालबालिकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न र अन्य वडाहरूलाई समेत प्रेरणा मिल्ने बताए । 

uae

सम्बन्धित खबर