२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङको परीक्षण उडान

ADV
दिलमाया शाही
२०८१ असार २७ गते १२:१८
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङको परीक्षण उडान

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिकामा प्याराग्लाइडिङ परीक्षण गरिएको छ । पर्यटकीय स्थल गुठीचौरको पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल प्याराग्लाइडिङलाई व्यावसायिकरुपमा सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उडान गरिएको हो ।

पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभेन्चर ग्रुपका सानुबाबु सुनुवारको टिमले गुठीचौरमा परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । उनले गुठीचौरलाई पर्यटकीय स्थलको रुपमा विकास गरी यहाँको अर्थिक समृद्धि गर्ने उद्देश्य रहेको बताए ।

उनले गुठीचौर गाउँपालिकाले पहिलो चरणमा खुला सूचना जारी गरी प्याराग्लाडिङ उडानसम्बन्धी तालिम दिने बताए । उनले पहिलो प्रथामिकतामा राखेर प्याराग्लाइडिङसम्बन्धी कानूनी प्रक्रिया पनि पूरा गरिने बताए ।

“परीक्षण उडान सफल भएको  छ”, अध्यक्ष बुढाले भने, “अब प्याराग्लाइडिङ पाइलट व्यवस्थापन गरेर गाउँपालिकाले आगामी दिनमा नियमित उडान गर्ने छ ।” उनले गुठीचौर गाउँपालिकाले एक नयाँ कामको शुरुवात गरेकाले यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको छ  । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले भने, “यो गुठीचौरका लागि आर्थिक समृद्धि गर्ने बाटोको रुपमा रहेको छ । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गरिने छ ।”

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रकृति र संस्कृति जुम्लाको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताए । उनले देशका डाँडापाखामा राज्यले लगानी गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।  

बाबु एडभेन्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवारले यसअघि आठ वटा देशमा प्याराग्लाइडिङ उडान गरिसकेका छन् । जुम्लाको गुठीचौर जस्तो स्वर्गभूमिमा आएर प्याराग्लाइडिङ गर्नाले थप हौसला बढाएको उनीहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गुठीचौरमा प्याराग्लाइडिङ हुँदा पालिकाका लागि मात्र नभइ सबैका लागि महत्वपूर्ण काम भएको बताए । उनले यहाँको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सकरात्मकरुपमा कलम चलाउन जुम्लाका सबै पत्रकारलाई अनुरोध गरे । 

परीक्षण उडानमा गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरी, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, स्थानीय टेकबहादुर भण्डारी, पत्रकार प्रकाश उपाध्याय, पालिकाका कर्मचारी प्रेमबहादुर शाही, धर्मराज धिताल, र हरिचन्द्र बुढा सहभागी भएका थिए ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise