इमरान खान/मध्यान्ह
कपिलवस्तु : कोरोना संक्रमणको चेनब्रेक गर्न कपिलवस्तुमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। केही खुकुलो पार्दै कपिलवस्तुमा यो छैठौपटक समयावधि बढाउँदै असार १ देखि असार ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत वैशाख २१ गते देखि निषेधाज्ञा जारी रहेको छ ।
प्रजिअ चक्रपाणि पाण्डेयले कोरोना भाइरसको दोस्रो भेरिन्टको चेन रोक्नका लागि केही खुकुलो पार्दै फेरि एक साताका लागि निषेधाज्ञा थपिएको बताए। निषेधाज्ञा ७ गते राति १२ बजे सम्म जारी रहने छ। निषेधाज्ञामा अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए।
खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भने दैनिक विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ। कोभिड( १९ संकट व्यवस्थापन अध्यादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथि कारबाही गरिने उनले बताए।
किसानहरुको धान खेती सिजनलार्ई मध्यनजर गर्दै प्रशासन कार्यालयले निषेधाज्ञामा एग्रोभेट बिउबिजन पसलहरु अत्यावश्यकीय कार्यको सुचीमा राखेकोले अब देखि लकडाउनमा समेत चौबिसै घन्टा एग्रोभेट र बिउबिजन पसल संचालन गर्न दिईने निर्णय भएको प्रजिअ चक्रपाणी पाण्डेयले जानकारी दिए । असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप भएको र बिस्तारै थप खुकुलो पार्दै जाने बताइएको छ । तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। निजि सवारी साधन, मोटरसाइकल कार चलाउन पाइने छ । त्यस्तै अटो रिक्सा पनि चलाउन पाइने भएको बताइएको छ ।
बैंक तथा बित्तिय सस्था पूरा समय खुल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । सबै कार्यलय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजे सकिदै थियो । कपिलवस्तुमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर तथा मृत्युदरमा कमी हुँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies