२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

डिजिटल ‘इन्भेस्टिगेसन’ सीपसम्बन्धी कार्यशाला सम्पन्न

shivam cement
माधवप्रसाद घिमिरे
२०८२ असार ६ गते २२:०८
डिजिटल ‘इन्भेस्टिगेसन’ सीपसम्बन्धी कार्यशाला सम्पन्न

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुरको आयोजनामा डिजिटल ’इन्भेस्टिगेसन’ सीप सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग, इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ ललितपुरले आयोजना गरेको कार्यशालामा अनलाइनमा रहेका सूचनहरुको सहज रुपमा खोजी गर्ने सीप, प्रकाशित र प्रशारित समाचार तथा सूचनामाथि तथ्य जाँच गर्ने तरिका, एआई प्रविधिको सही उपयोग लगायतका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो । 

कार्यशालाको समापनका अवसरमा मन्तव्य राख्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले प्रविधिको विकाससँगै पत्रकारहरुमा प्राविधिक ज्ञानको पनि विकास हुन जरुरी रहेको बताइन् । 

‘समाचार लेखनको ज्ञानसँगै डिजिटल प्रविधिको प्रयोग सम्बन्धि ज्ञान हुन जरुरी छ, अहिले प्रविधिको दुनियाँमा प्रविधिको ज्ञानले समाचार संकलनमा सहजता प्रदान गर्नेछ, नयाँ पुस्ताले मात्रै होइन, पुराना अग्रज पत्रकारहरुमा पनि प्रविधिको प्रयोग गरेर समाचाकक्षलाई अझ प्रभावकारी बनाउन आवश्यक भइसकेको छ’ उनले भनिन् ।

कार्यक्रममा इन्टरनेशनल अलर्टकी प्रतिष्ठा थापाले नेपालको पत्रकारितालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आफूहरुले तालिममा सहयोग गरिरहेको र भोलिका दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् । 

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा भएको कार्यशालामा डिजिटल फाउन्डेशनका अध्यक्ष प्रवेश सुवेदी र उमेश श्रेष्ठले सहभागी पत्रकारहरुलाई सहजीकरण गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise