
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
संसदीय सुनुवाइ समितिमा शनिबार थप दुई जना प्रस्तावित न्यायाधीशको सुनुवाइ भएसँगै चारै जनाको सुनुवाइ प्रक्रिया पूरा भएको हो । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रस्तावित न्यायाधीशमध्ये चन्द्रबहादुर सारु र डा. रत्नबहादुर बागचन्दको सुनुवाइ बिहीबार नै सम्पन्न भएको थियो । त्यस्तै, जनक पाण्डेको शनिबार र गोकर्ण डाँगीको सबैभन्दा पछिल्लो सुनुवाइ भएको हो ।
चारै जनाको संसदीय सुनुवाइ सम्पन्न भए पनि उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने भइसकेको छैन । संसदीय सुनुवाइ समितिले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ ।
समितिको निर्णयपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया थप अघि बढ्नेछ ।