२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

पर्सागढीले ल्यायो ५६ करोडको बजेट

shivam cement
मध्यान्ह
२०८२ असार ७ गते १८:०७
पर्सागढीले ल्यायो ५६ करोडको बजेट

वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 
नगरसभाको १३ औं अधिवेशनमा उपमेयर पूजा चौधरीले ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ७६ लाख, संघीय सशर्त अनुदान २६ करोड ९० लाख, राजस्व बाँडफाँडतर्फ प्राप्त हुने १० करोड ६१ लाख १ हजार ८९९, प्रदेश वित्तीय समानीकरण अनुदान, ८२ लाख ६ हजार, प्रदेश सशर्त अनुदान, ९५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त हुने. ८० लाख ८४ हजार ५८०, विशेष अनुदान, ३० लाख, समपुरकअनुदान २० लाख, आन्तरिक आय २ करोड ७१ लाख १० हजार रुपैयाँ रहेको छ ।

मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिए । मेयर पाठकले योजना कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गरिने बताए । 

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जनप्रतिनिधि र कर्मचारीहरू बीचको सहकार्यले पर्सागढी समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
 
 

ADV

सम्बन्धित खबर

Advertise