२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

नागार्जुनमा रहेको मेडल र स्टिकर गोदाममा आगलागी

shivam cement
२०८२ असार ८ गते ०८:३९
Shares
नागार्जुनमा रहेको मेडल र स्टिकर गोदाममा आगलागी

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका-३ बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा बिहान सवा तीन बजेतिर आगलागी भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । गोदाममा आगलागीबाट भएको क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर