२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

प्रतिनिधि सभाको बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते ०९:५६
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise