२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

राज्यले जनता भड्काएका कारण तीनकुनेमा आतंक मच्चियो : धवल

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते १२:३४
राज्यले जनता भड्काएका कारण तीनकुनेमा आतंक मच्चियो : धवल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभइ राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् ।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरेका छन् । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे । 

उनले भने, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभइ राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौं । सरकार छानविन गर्न किन डराइरहेको छ ?’

उनले घटनाको निष्पक्ष छानबिनका लागि छानबिन समिति बनाउन समेत माग गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise