आलोक यादव/मध्यान्ह
लहान : प्रदेश २ प्रहरीको सक्रियतामा नेपालको कुख्यात अपराधी नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका आरके यादवलाई नेपाल लगायत भारतमा समेत हत्या, डकैती जस्ता दर्जनौं गम्भीर घटना गरेको भन्दै मुद्धा दर्ता भएका छन् । धेरै वर्षदेखि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो । तर एक दशकपछि प्रदेश २ प्रहरी र सुपौल पुलिसले उनलाई पक्राउ गर्न सफल भएको हो ।
यसरी पक्राउ परे आरके ?
सिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेका थिए । त्यसपछि उनको परिवारका सदस्यबाट १ करोडको फिरौतीको माग गरिएको थियो । यसैबीच, नेपाल प्रहरीले अपहरण गरेको सोमनाथलाई भारतको सुपौल जिल्लामा कतै अपहरणकारीहरूले लुकाएर राखेको जानकारी पाए । इन्टरपोल नयाँदिल्लीले जारी गरेको रेड कार्नर सूचनापछि सुपौल एसपी मनोज कुमारलाई यसबारे पूर्ण जानकारी दिइयो । यसैक्रममा सोमनाथ यादवको अपहरण गरी शरिर बन्धक बनाई वेपता बनाएको कसुरमा भारतीय प्रहरीसँग २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले समन्वय गरी यादवको अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई प्रदेश २ प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिराहामा अनुसन्धान भैरहेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले कुख्यात अपराधी रामकुमार यादवलाई पक्रिन सुपौल पुलिसको सहयोग लिएको थियो । त्यसपछि एसपी मनोज कुमारले डीएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआईटी गठन गरे र आफैँले अनुगमन गर्न थाले । यसैबीच एसआईटीले सूचना पाए कि अपहरण पछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको छ । हरेक दिन बसोबास गर्ने ठाउँ बदल्छ । पुलिसलाई सूचना प्राप्त भयो कि उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएको छ । अपहरणकारीका बाबु हरि नारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा पनि मुद्दा दर्ता भएको छ । यस अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राउ परेका थिए ।
सोमनाथ यादवको हत्या
घटनामा पक्राउ परेका सतीश यादवसँग प्रहरीले सोधपुछमा हत्याको स्वीकार गर्दै सोमनाथको हत्या गरेपछि उनको शव कोसी नदीमा फ्याँकिएको बताए । त्यसपछि पुलिसले गोताखोरको सहयोगमा ठाउँ खोज्यो, तर कोसी नदीमा पानीको कारण शरीर भेटिएन । त्यसपछि पुलिसले अनुसन्धान जारी राखी अपहरणको मोबाइल आरके यादवको ससुरालबाट बरामद गरेको छ । सिरहाको गोठटोलमा रहेको आरके यादवको घरमा प्रहरीले छापा मारे तर आरके यादव फेला परेनन् ।
नयाँदिल्लीमा लुकेर बसेका थिए आरके
सुपौल र प्रदेश २ प्रहरीले आरके यादवको खोजी गर्दै थिए । तब आरके यादव नयाँदिल्लीमा थिए । सूचना पाउने बित्तिकै सुपौल पुलिस र प्रदेश २ प्रहरीको सन्युक्त टोलिले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी सुपौलमा ल्यायो ।
नेपाल लगायत भारतमा दर्जनौं मुद्दा
अपराधी आरके यादव पक्राउ पर्नु नेपालको लागि मात्र होइन् इन्टरपोल र धेरै ठूला संस्थाहरुको लागि ठूलो सफलता भएको प्रहरीले जनाएको छ । त्यसमाथि नेपाल र भारतमा दर्जनौं हत्या, अपहरण, डकैती, बम बिष्फोटनका घटनाहरू दर्ता भएका छन् ।
यस गिरफ्तारीले फेरि नेपाल र भारतको सहयोगलाई सुदृढ पार्ने अपेक्षा राखिएको छ । एसपी मनोज कुमारका अनुसार पक्राउ परेका आरोपीलाई जेल पठाउने कि नेपाल प्रहरीको जिम्मा लगाउने बारे पछि निर्णय गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies