२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

इजरायल–इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते १४:२७
इजरायल–इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री डा. राणाले यस्तो जानकारी गराएकी हुन् ।

सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरु गरेको थियो । उनले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन् ।

सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ ।

उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताइन् । उनले हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरिएको समेत बताइन् । 

उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । उनले इजरायल–गाजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी विपिन जोशीको रिहाइका लागि समेत सरकार प्रयासरत रहेको बताइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise