२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

५ वर्षभित्र ९० प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँचमा पुर्‍याउँछौँ : मन्त्री यादव

Nada
२०८२ असार ९ गते १६:२५
Shares
५ वर्षभित्र ९० प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँचमा पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउने सरकारको योजना रहेको बताएका छन् । 

ncell

प्रतिनिधिसभा बैठकमा सोमबार आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँचमा पु¥याउने सरकारको योजना रहेको बताए ।

खानेपानीको क्षेत्रमा विनियोजित बजेटमा विभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सबै स्थानमा स्वच्छ खानेपानी उपलब्ध गराउने गरी मन्त्रालय अघि बढेको जिकिर गरे ।

संघीयताको मर्म अनुसार तीनै तहका सरकारको समन्वयमा खानेपानी सहज रूपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रूपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे ।

त्यस्तै मन्त्री यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलब्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमती खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । 

खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजी क्षेत्रलाई भने बिना रोकटोक पाइप राख्न दिएको भन्दै उनले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।  

मन्त्री यादवले बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर