२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

त्रिभुवन विमानस्थलमा काेलाहल

shivam cement
मध्यान्ह
२०८२ असार १० गते ११:२८
त्रिभुवन विमानस्थलमा काेलाहल

काठमाडौं : वैदेशिक राेजगारीका लागि कतारलगायत खाडी मुलुक उड्न नपाएका यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौं नेपाली यात्रु विमानस्थलमै अलपत्र परेका हुन् ।

उनीहरूले आफुहरूलाई उडाउनु पर्ने माग गर्दै  हाेहल्ला गरेपछि व्यापक रूपमा प्रहरी परिचालन गरिएको  छ । बोर्डिङ पास लिएर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भएपछि उनीहरूले विमानस्थलमै रात बिताएका थिए । विमान कम्पनीहरूले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।

कतार एयरवेजले सेवा पुनः सुरु गर्‍यो

कतार एयरवेजले आफ्नो सेवा पुनः सुरु गरेको छ । अल उदीदमा भएको आक्रमणका कारण कतारको आकाशपथ केही समयका लागि बन्द गरिएको थियो, जुन अब खोलिएको छ ।

एयरवेजले यात्रुहरूलाई www.qatarairways.com वा मोबाइल एपमार्फत उडानको स्थिति जाँच गर्न आग्रह गरेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise