काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन गरेको शंकरदास वैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । गृहमन्त्री लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।