२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

नेपाल-भारत सुरक्षा सम्बन्धी परामर्श समूहको १६ औं बैठक सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १६:५७
नेपाल-भारत सुरक्षा सम्बन्धी परामर्श समूहको १६ औं बैठक सम्पन्न

काठमाडौं : भारत–नेपाल द्विपक्षीय सुरक्षा सम्बन्धी परामर्श समूहको १६ औँ बैठक ८ र ० असारमा भारतको पुणेमा सम्पन्न भएको छ । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एशिया महाशाखा प्रमुख सहसचिव गहेन्द्र राजभण्डारी र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए । 

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहयोगसँग सम्बन्धित विभिन्न विषयका बारेमा छलफल गरेका थिए । उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् उद्धार कार्य तथा सैन्य आदानप्रदान लगायतका मुद्दामा फलदायी छलफल भएको जनाइएको छ ।
साथै, प्रतिनिधिमण्डलहरूले सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख रक्षा निर्माणस्थलहरूको भ्रमण समेत गरेका छन् ।

सन् २००३ मा स्थापना गरिएको परामर्श समूह द्विपक्षीय रक्षा तथा सुरक्षा सहयोग समन्वय गर्न भारत र नेपालबीचको मुख्य संस्थागत संयन्त्र हो ।
 

ADV

सम्बन्धित खबर

Advertise