२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हिलिहाङ गाउँपालिकाले छात्रवृत्ति दिने

Nada
२०८२ असार १० गते १७:१५
Shares
हिलिहाङ गाउँपालिकाले छात्रवृत्ति दिने

पाँचथर : हिलिहाङ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसईई सकेर विज्ञान, सूचना प्रविधि, प्राविधिक धार र कानून संकाय अध्ययन गर्ने छात्रछात्रालाई छात्रवृत्ति दिने भएको छ ।

ncell

गाउँसभाको १८ औं अधिवेशनमा अध्यक्ष समरबहादुर अधिकारीले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् । 

हिलिहाङले पालिकाभित्रका ७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई पालिका भित्रकै स्वास्थ्य संस्थामा उपचार गर्न जाने र घर फर्किने यातायात खर्च उपलव्ध गराउने, गर्भवती महिलालाई प्रसूतिका लागि स्वास्थ्य संस्था जान र घर फर्किन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लगायतका कार्यक्रम पनि लागू गर्ने भएको छ ।

गाउँपालिकाको गाउँ सभाले पालिका प्राकृतिक विपद्मा परेर ज्यान गुमाएका पालिका भित्रका नागरिकका आफन्तलाई विशेष आर्थिक सहयोग, जुनसुकै अवस्थामा ज्यान गुमाएका नागरिकका आफन्तलाई किरिया खर्चवापत १० हजार रुपैयाँ उपलब्ध गराउने लगायतका कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

यस्तै, प्रत्येक वडाबाट पालिका केन्द्र जोड्ने कम्तीमा एक–एक वटा सडकलाई हिउँद वर्षा नै सञ्चालन हुन सक्ने गरी ‘अलवेदर’ बनाउने, र सबैभन्दा धेरै राजस्व संकलन गर्ने वडालाई पुरस्कृत गर्ने जस्ता कार्यक्रम अघि सारेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर