२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

केपिलासगढीको ४ वडालाई विभाजन गरिने

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १७:२०
केपिलासगढीको ४ वडालाई विभाजन गरिने

खोटाङ : केपिलासगढी गाउँपालिकाले वडा विभाजन गर्ने निर्णय गरेको छ । 

गाउँसभाले उक्त पालिकाको वडा नं १ फेदीलाई पुनर्संरचनाका लागि विभाजन गर्ने प्रस्तावलाई पारित गरेको हो ।

ठूलो भूगोल, छरिएको बस्तीका कारण विकास निर्माणमा समस्या हुनका साथै स्थानीयलाई असुविधा भएकाले वडालाई पुनर्संरचनाका लागि प्रस्ताव गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । साबिक ९, ८, ७, ६ को आधा भागलाई नयाँ वडा बनाउन खोजिएको वडाअध्यक्ष निरकुमार राईले बताएका छन् ।

प्रस्तावित वडा कार्यालय सुम्देमा राख्ने निर्णय गरिएको वडाध्यक्ष राईको भनाइ छ । नयाँ बन्नेसहित केपिलासगढीमा ८ वटा वडा हुनेछन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ५० करोड ७ लाख ५९ हजार ७ सय ७३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वित्तीय समानीकरणतर्फ ८ करोड एक लाख, राजश्व बाँडफाँटतर्फ ८ करोड ५४ लाख ९ हजार २ सय ७३, ससर्त अनुदानतर्फ २१ करोड २७ लाख, समपूरक अनुदानतर्फ ३ करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।

विशेष अनुदानतर्फ ३ करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदानअन्तर्गत वित्तीय समानीकरणतर्फ ६८ लाख ६४ हजार, राजश्व बाँडफाँटतर्फ ५९ लाख ५ हजार, ससर्त अनुदानतर्फ एक करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गरिएको छ । समपूरक अनुदानतर्फ एक करोड ६० लाख, अन्तरिक राजश्वतर्फ ३५ लाख र गत वर्षको मौज्दात ९० लाखको वार्षिक बजेट बनाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise