हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन कार्य गर्न लागिएकाले २ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै शुक्रबार र शनिबार त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत रानीभञ्ज्याङ क्षेत्रमा मर्मत सम्भार र ह्युम पाइप बिछ्याउने काम हुने भएकाले दुई दिन दैनिक चार घण्टा राजपथ बन्द रहने जनाएको छ ।