२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

इरानबाट २ नेपालीको उद्धार

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १९:३९
इरानबाट २ नेपालीको उद्धार

काठमाडौं : द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार भएको छ ।

भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल मंगलबार भारतको राजधानी नयाँ दिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ । 

अपरेसन सिन्धुअन्तर्गत इरानस्थित भारतीय दूतावासको सहयोगमा उनीहरूको उद्धार गरेको हो ।

उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे छन् । उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेशमन्त्रालयका अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू मंगलबार नै बुटवलका लागि प्रस्थान गरेका छन् ।

छिमेकी पहिलो नीति कार्यान्वयनमा ल्याउँदै नेपालीको उद्धार गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

इरानबाट उद्धार गरिएका २८१ भारतीय, ३ श्रीलंकाली र २ जना नेपाली विशेष उडानमार्फत मंगलबार मशहदबाट नयाँ दिल्ली आइपुगेका हुन् ।

इरानबाट अहिलेसम्म २ हजार ५७६ जना भारतीय नागरिकलाई उद्धार गरी घर फर्काइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise