२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यस वर्षको ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी तुलाधरलाई

Nada
२०८२ असार ११ गते ०७:१३
Shares
यस वर्षको ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी तुलाधरलाई

काठमाडौँ : नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । फाउन्डेशनले नन्द प्रसाद स्मृति दिवसको अवसरमा यस वर्षको ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ तुलाधरलाई प्रदान गर्ने घोषणा गरेको हो ।  

ncell

पुरस्कार तथा सम्मान छनौट समितिले गरेको सिफारिसको आधारमा फाउन्डेशन सञ्चालक समितिको बैठकले रसियाका लागि पूर्व राजदूत रहिसकेका दोलखाको क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशी र सम्मान पत्रसहित सम्मानित गर्ने घोषणा गरिएको अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिए । 

उनले आगामी भदौ ४ गते नन्द प्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने पनि बताए । फाउन्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ । 

साविकको क्षेत्र नम्बर ११ अर्थात् हालको दोलखा जिल्लाको शैक्षिक क्षेत्रका अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उनकी पत्नी जानुका शिवाकोटीको नाममा नन्दप्रसाद जानुका फाउन्डेसन स्थापना भई विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर