काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन् ।
केही समयअघि आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै त्यहीअनुसार जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।