२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

सुरु भयो पूर्वप्रधानमन्त्री नेपालको बयान

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते ११:३९
सुरु भयो पूर्वप्रधानमन्त्री नेपालको बयान

काठमाडौँ : पतञ्जलि जग्गा प्रकरणमा आज बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ। 

न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी आयोगले पूर्वप्रधामन्त्री नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो ।

आफू विरुद्धको मुद्दाको सिलसिलामा नेपाल केहीबेरअघि विशेष अदालतमा उपस्थित भएका थिए । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise