२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते १३:५१
'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

काठमाडौँ : पर्यटकीय यातायातका सवारीचालक दक्ष भएमा यात्रा गर्दा पर्यटक र चालकलाई सहज हुने नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले बताएका छन् । 

बुधवार काठमाडौंमा एक दिने पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षणमा   नले चालक आफैँ सक्षम भएमा आफू र सँगै यात्रामा रहेका पर्यटकलाई सजिलो हुने बताएका हुन् । 

'प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय बनाउनेछ ।  चालक दक्ष भएमा यात्रा गर्दा सहज हुने भएकाले आफ्ना लागि अवसरका ढोका खुल्नेछ,'उनले भने,' यात्रा गरिरहँदा पर्यटकसँग गर्ने व्यवहार सिक्नेछन् । यात्राभर रहेका पर्यकट आफ्नै घरको पाहुँना हुन भनेर व्यवहार गरिनुपर्छ।'

बास्तोलाले चालकले यात्रामा रहँदा ट्राफिक नियम पालना गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याउनलाई सुझाव दिए ।

चालक मात्र नभइ सहचालक पनि उतिकै जिम्मेवार हुनुपर्ने अध्यक्ष बास्तोलाले बताए । सहचालकले पर्यटकसँग राम्रो बोलीचाली तथा असल व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

यात्रा अवधिभर सहचालकले पर्यटकलाई जानेका विभिन्न ठाउँको बारेमा जानकारी दिनुपर्ने उनले प्रस्ट पारे । पर्यटकीय यातायात व्यवसायी र चालक तथा सहचालकको सधैँ सुमधुर सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।

सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षणका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले लगानी बढे पनि पर्यटकको संख्या कम भएको बताए ।

'आवश्यक आधारभूत पूर्वाधार निर्माण नहुँदा सोचे भन्दा कम पर्यटक आइरहेका छन्,' उनले भने,' राज्य जिम्मेवार भएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय पूर्वाधार प्रचारप्रसार हुनेछ ।'

उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने सेवाग्राहीले गुणस्तरीयतामा ध्यान दिन सुझाए । नेपालीको व्यवहारले पर्यटकको संख्या बढ्ने र पुन: आउने पर्यटकको संख्या बढ्ने उनले बताए ।

पछिल्लो समय यातायातका पूर्वाधार निर्माण हुने क्रम बढेकाले अबको एक-डेढ वर्षमा मुलुकभरका सडक एक-अर्कासँग जोडिने जोशीले जानकारी दिए ।

प्रशिक्षणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ सही राजीव बिष्टले प्रशिक्षणमा सबैभन्दा चालक जिम्मेवार भएमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । चालकहरूले ट्राफिकको लागि नभई आफ्ना लागि ट्राफिक नियम पालना गर्नुपर्ने उनले बताए । प्रशिक्षणमा चालक तथा सहचालक ९२ जना सहभागी भएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise