काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउनु भयो । सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको बताए । समितिले छोटो समयमा छलफल गरेर नागरिकतासम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताए ।
उनले सम्भव भए नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।