२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

ठक्कर दिएर भागेका सरकारी गाडी प्रहरी नियन्त्रणमा

shivam cement
२०८२ असार ११ गते १९:३१
Shares
ठक्कर दिएर भागेका सरकारी गाडी प्रहरी नियन्त्रणमा

जनकपुरधाम : धनुषामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको नेपाल विद्युत प्राधिकरणको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढल्केवर–जनकपुर सडक खण्डमा पैदल यात्रुको मृत्यु हुने गरी ठक्कर दिएर भोगेका बागमति प्रदेश.–०१–००१ ञ २६५४ नम्बरको नेपाल विद्युत प्राधिकरणको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

शुक्रबार राति ढल्केवर–जनकपुर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–६ मा ती गाडीको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्रु सिरहाको धनगढीमाई नगरपालिका–६ का ५२ वर्षीय विन्देश्वर मोचीलाई उपचारका लागि अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

खोजतलास गर्ने क्रममा पूर्व–पश्चिम लोकमार्गमा पर्ने धनुषा, महोत्तरी र सर्लाही जिल्लामा रहेको सीसीटीभी फुटेज संकलन गरिएको थियो । प्रहरी निरीक्षक यादवका अनुसार त्यसै सीसीटीभी फुटेजको अनुसन्धान हुँदा घटनामा संलग्न रहेको बागमति प्रदेश –०१–००१ ञ २६५४ नम्बरको उक्त गाडी नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाउँमा रहेको खुलेको थियो ।

गाडीलाई प्रहरीले धनुषाको हंसपुर नगरपालिका–९ स्थित ढल्केवर–बालगंगा १३२ के.भी.प्रसारण लाइन आयोजनाको निर्माणाधीन अवस्थामा रहेको भवन तथा कम्पाउण्ड परिसरभित्र त्रिपालले छोपेर लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी निरीक्षक यादवले बताए । 

उनका अनुसार गाडीको अगाडिको भाग टुटफुट भएको, बर्नटको भाग कुच्चिएको अवस्थामा भेटिएको हो । गाडी र त्यसका चालकलाई नियन्त्रमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर