सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : खोटाङमा एक १६ वर्षीया नाबालिकालाई जंगलमा बोलाएर जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी एक नबालिकालाई ललाईफकाइ गरि बुधबार राति ९ बजे नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।
पीडित नाबालिकाले राईले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा राईलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले मध्यानलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies