२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

खोल्सामा आएको बाढीले बगाएर सव-इञ्जिनियरको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते ०७:४४
खोल्सामा आएको बाढीले बगाएर सव-इञ्जिनियरको मृत्यु

ललितपुर : ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका-६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव-इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ ।

महाँकाल गाउँपालिका-६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाउँदा महाकाल-४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका-२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

“खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise