२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

shivam cement
२०८२ असार १२ गते १०:५१
Shares
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास-४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यति बेला हाहाकार भएको छ । 

व्यास-२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नु परेको छ ।

धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका-३ देउराली नगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए । 

मंगलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।” मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । 

उनले भने, “बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छौँ, जिआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ ।” 

ताजा खबर

सम्बन्धित खबर