२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा : गृहमन्त्री

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते १४:०२
विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकारले काम गरिरहेको बताए ।

उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए । गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पिन जानकारी दिए ।  विपद् न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीररुपले लागिरहेको उनको भनाइ छ ।

गत वर्षको असोजमा काठमाडौं उपत्यकामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठूलो धनजनको क्षति भएको उनले स्वीकारे । यसपटक विपद् जोखिम न्यूनीकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि उनले बताए ।

काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए ।

ADV

सम्बन्धित खबर

Advertise