२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र सुब्बा धरौटीमा रिहा

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते २१:२५
दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र सुब्बा धरौटीमा रिहा

काठमाडौं : अदालतको अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् । २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको  तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका थिए ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरे ।

गत असार ८ गते दृष्टि साप्ताहिकले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यस समाचारविरूद्ध नवराज सापकोटासहितले उक्त अनलाइनलाई विपक्षी बनाउँदै अवहेलनाको मुद्दा दायर गरेका थिए ।

No description available.

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise