२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते ०७:४९
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी : विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए राति नै उनीहरूलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । 

घटनाको जानकारी पाउनासाथ गए राति नै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise