२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कार्बन उत्सर्जन शून्यमा झार्न सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने

Nada
२०८२ असार १३ गते १३:२३
Shares
कार्बन उत्सर्जन शून्यमा झार्न सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने

काठमाडौं : सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो ।

ncell

पत्रकार सम्मेलनमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएअनुसार उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिने मन्त्री ठुकरीले बताए । उनले महाअभियानमा संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासंघ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाहरु सहभागी हुने बताए ।

महाअभियानले कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनमा योगदान पुर्‍याउने, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण गर्ने तथा वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

अभियानले वातावरणीय समृद्धि तथा जलवायु संकट समाधान गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर