२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छ : मन्त्री चौधरी

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते १४:४०
सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छ : मन्त्री चौधरी

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् । राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताए । उनले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशील बन्न आग्रह गरे । उनले सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गरे । 

उनले भने, ‘युवाहरु यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौं । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरुको दशा देखेकै छौं । यही देशमा केही गरौं । सकारात्मक सोच राखौं । यही गर्न सकिन्छ ।’

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताए । उनले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाइ बुनाइ गर्ने, सरसफाइ गर्ने, फलफूल बेच्नेलगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताए । उनले स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise