२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदै आएको छु : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते १७:०८
खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदै आएको छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष दाहालले चलचित्र विधेयकको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए ।

“म प्रधानमन्त्री भएपछि खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिँदै आएको छु”, उनले भने ।

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनका रूपमा पनि लिनुपर्ने उनको धारणा थियो । “कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्, चलचित्र कालजयी पनि हुन्छन्”, उनले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise