२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

परिवर्तन गाउँपालिकामा १ वर्षमा १ सय बढी बालविवाह

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ असार १३ गते २१:३०
परिवर्तन गाउँपालिकामा १ वर्षमा १ सय बढी बालविवाह

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकामा एक वर्षको अवधिमा १ सय १५ वटा बालविवाह भएको तथ्य सार्वजनिक भएको छ ।

बिहीबार परिवर्तन गाउँपालिका–३, बागमारामा आयोजित ‘बालविवाह, किशोरावस्थामा गर्भधारण र विद्यालय छाड्ने अवस्था’ विषयक कार्यशाला कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो । कार्यक्रम परिवर्तन गाउँपालिकाको आयोजना तथा आइपास नेपालको समन्वयमा सम्पन्न भएको थियो । 

कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा परिवर्तन गाउँपालिकाभित्र २ सय ४२ वटा विवाह भएकामध्ये १ सय १५ वटा विवाह बालविवाह रहेका छन् ।

वडागत विवरण अनुसार, वडा नं. १ मा २७ जना, २ मा १३ जना, ३ मा २४ जना, ४ मा २५ जना, ५ मा १५ जना र ६ नं. वडामा ११ जनाको बालविवाह भएको पुष्टि भएको छ ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले बालविवाह जस्तो सामाजिक समस्याको अन्त्य चुनौतीपूर्ण भए पनि अत्यन्त जरुरी रहेको बताए । ‘अन्य कामहरू गर्न सजिलो छ तर यो काम नगरी नहुने हो,’ उनले भने । 

अध्यक्ष बुढाले आफूलाई बालविवाह र मद्यपान अन्त्य अभियानमा लागिपरेको अभियान्ता भन्दै सामाजिक रुपान्तरण र मानव संसाधन विकासका लागि काम गर्दै आएको बताए । यद्यपि, कार्यान्वयनका क्रममा सामाजिक र राजनीतिक दबाबका कारण कठिनाइ हुने गरेको स्वीकार गरे । 

उनले भने,‘मैले वडाध्यक्ष हुँदा केही बालविवाह रोकेँ, तर सुरक्षा निकायको साथ नपाउँदा अप्ठ्यारोमा परें, अन्ततः राजनीति मिलेन भन्ने आरोपमा ममाथि दबाब आयो । त्यसपछि अभियानबाट पछि हट्नुपर्‍यो ।’

महिला तथा बालबालिका शाखाको तथ्यांकले परिवर्तन गाउँपालिकामा बालविवाह सम्बन्धी अभियान फितलो रहेको देखाउँछ । सरोकारवाला निकाय, साझेदार संघसंस्थाहरू, स्थानीय सामाजिक अगुवा र राजनीतिक नेतृत्वको प्रभावकारी भूमिका नदेखिएको बताइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise