२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

मधेश प्रदेशको बजेटप्रति सांसद सिंहको असन्तुष्टि

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते २२:१०
मधेश प्रदेशको बजेटप्रति सांसद सिंहको असन्तुष्टि

जनकपुर : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आर्थिक वर्ष २०८२/८३ को मधेश प्रदेश सरकारको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सिंहले जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई कडा आलोचना गरेका हुन् । उनले बजेटलाई ‘वितरणमुखी, व्यक्तिवादी र बिचौलिया हावी’ भएको टिप्पणी गरेका छन् । 

सिंहले बजेटले व्यवहारमा विभेद र सत्ताका आसेपासेलाई लाभ पुग्ने गरी बनाइएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बजेट कागजमा राम्रो देखिए पनि व्यवहारमा लुट, विभेद र पहुँचका आधारमा वितरण गरिएको छ ।’

सिंहले केही वडामा अत्यधिक बजेट वितरण गरिएको र केही वडामा न्यूनतम बजेट पुगेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार, कतिपय वडामा एकै वर्षमा ३० देखि ४० करोड रुपैयाँसम्म बजेट विनियोजन भएको छ, जबकी अन्य वडामा बजेट शून्य सरह छ ।

यो अवस्थाले बजेट वितरणको असमानता र पहुँचको राजनीतिलाई उजागर गरेको उनको टिप्पणी छ । ‘बजेटमा पारदर्शिताको अभावले आम नागरिकमा असन्तुष्टि बढाएको छ,’ सिंहले भनेका छन् । 

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका सिंहले केही दिनअघि मात्रै प्रदेश सरकारको स्वास्थ्य क्षेत्रमा देखिएको लापरबाहीप्रति पनि ध्यानाकर्षण गराएका थिए ।

उनले १७ महिने कार्यकालमा मधेश प्रदेशका विभिन्न पालिकामा ५० र १०० बेड क्षमताका अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको भए पनि हालसम्म ती निर्णय कार्यान्वयनमा नआएको गुनासो गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको भन्दै उनले प्रदेश सरकारलाई सचेत रहन आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise