२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

shivam cement
२०८२ असार १४ गते १५:५३
Shares
‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा आज बृहत् पदयात्रा कार्यक्रम गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।

यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेलले स्व भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रूपान्तरणका लागि महत्त्वपूर्ण  योगदान गरेको उल्लेख गरे । 

उनले भने, “जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्ग निर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।”

महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिका रूपमा उभ्याउन मिसन–८४ यो अभियानका महत्त्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट  मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पारे ।

उनले भने, “पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधन स्रोतका हिसाबले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।”

ताजा खबर

सम्बन्धित खबर