२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

बजाज पल्सरले थप्दैछ एनपीएलमा पावर र प्रदर्शनको उत्साह

Nada
२०८३ कार्तिक २० गते १९:३२
Shares
बजाज पल्सरले थप्दैछ एनपीएलमा पावर र प्रदर्शनको उत्साह

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ । 

एनपिएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ । त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’ मार्फत प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन् । सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपिएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन् ।

साथै, यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन् । मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन् । त्यस्तै, मैदानमा राखिने पल्सर मोटरसाइकलको प्रदर्शनीले दर्शकलाई ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्ने अवसर दिनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर