२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

‘वृक्षारोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

shivam cement
२०८२ असार १४ गते १६:५५
Shares
‘वृक्षारोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि पनि लाभदायी हुने बताएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् वृक्षारोपण सप्ताह कार्यक्रम’मा उनले बोटबिरुवा वातावरणलाई स्वच्छ बनाउन तथा मानव उपयोगका लागि पनि लाभदायी हुने भएकाले दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा सबैले रोप्नुपर्ने धारणा राखे।

उनले भने, “बिरुवा देखाउनलाई लगाउने होइन, हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोपिनु पर्छ ।” वृक्षारोपण कार्यलाई अभियानका रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले धेरैजसो ठाउँमा एक पटक बिरुवा रोपेर त्यसको संरक्षणमा ध्यान नदिने परम्पराको अन्त्य हुनुपर्ने जनाए । 

आयोजकले रोपण होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । वन विनाश, भू–क्षय, सुक्खा, असिना पानीलगायत प्राकृतिक विपद् वृक्षारोपणबाट नियन्त्रण गर्न सकिने उनले बताए ।

प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तार कार्यलाई प्राथमिकतामा राखी स्थानीय तहसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजना लागू गर्ने नीति लिएको उनले बताए । 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर