२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्व तयारी

Nada
२०८२ असार १४ गते १८:४२
Shares
सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्व तयारी

सङ्खुवासभा : सङ्खुवासभामा मनसुनजन्य विपदबाट क्षति हुन नदिन पूर्व तयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्व तयारी गरिएको हो ।

ncell

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल उद्धार तथा खोजका लागि आवश्यक पर्ने उपकरण प्रदेश तथा संघीय सरकारसँग माग गरेको छ । मनसुनजन्य विपद्को समय आवश्यक पर्ने खाद्यान्न तीन महिनासम्म पुग्ने गरी भण्डारण गरिएको छ ।

बाढी पहिरो तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, अत्यावश्यक खाद्य तथा गैर खाद्य सामग्री भण्डारण गर्ने, बाढीको उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय भएको छ । 

बितेका १० वर्षमा १०७ वटा बाढी पहिरोका घटनामा १६ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन् । जिल्लाका ७६ वडामध्ये ३६ वडा बाढी पहिरोका जोखिममा छन् ।

ताजा खबर

सम्बन्धित खबर