२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ’

Nada
२०८२ असार १५ गते ०९:०१
Shares
‘कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक संञ्जलमार्फत राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताएका हुन् ।

ncell

उनले भने, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना- यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ । कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।

प्रधानमन्त्री ओली अहिले स्पेन भ्रमणमा रहेका छन् । 

ताजा खबर

सम्बन्धित खबर