काठमाडौँ : पर्वतमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
फलेवास नगरपालिका-८ नेपानेमा गए राति लमाएखोलाबाट फलाम खानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप सडकबाट झण्डै १५० मिटर तल खस्दा फलेवास-८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको गम्भीर घाइते अवस्थामा गण्डकी मेडिकल कलेज, पोखरा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा परी फलेवास-७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।
उनीहरूलाई पनि पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।