२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

पर्वतमा जीप दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

shivam cement
२०८२ असार १५ गते ०९:२३
Shares
पर्वतमा जीप दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडौँ : पर्वतमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

फलेवास नगरपालिका-८ नेपानेमा गए राति लमाएखोलाबाट फलाम खानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप सडकबाट झण्डै १५० मिटर तल खस्दा फलेवास-८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको गम्भीर घाइते अवस्थामा गण्डकी मेडिकल कलेज, पोखरा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्घटनामा परी फलेवास-७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।

उनीहरूलाई पनि पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

सम्बन्धित खबर