२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

समयमा मुद्दा फैसला मुख्य प्राथमिकतामा : प्रस्तावित न्यायाधीश पौडेल

Nada
२०८२ असार १५ गते १२:१३
Shares
समयमा मुद्दा फैसला मुख्य प्राथमिकतामा : प्रस्तावित न्यायाधीश पौडेल

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरामा जोड दिने बताए ।

इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतमा रहने उनले बताए । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने उनको भनाइ थियो । उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहने बताए । उनले न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने उल्लेख गरे ।

प्रस्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फर्छ्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताए । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने पनि उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर