२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १२:२३
विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं : विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन हुँदा तथा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा यस्तो सहमति जुटेको हो ।

बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । शिक्षा संकायबाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति पनि भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि लाइसेन्स लिन पाउने सहमति समितिमा जुटेको हो ।

विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ । सभापति अम्मरबहादुर थापाले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने र अध्यन अनुमति पत्रको व्यवस्थाबारे गरेको प्रस्तावमा समिति सदस्यहरुले सहमति जनाए ।

विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसदमा पेश गर्नेगरी समिति छलफलमा जुटेको छ । अहिले बालविकास कर्मचारीका विषयमा छलफल जारी छ । अधिकांश सांसदहरुले बालविकास कर्मचारीहरुलाई पनि शिक्षक सरह मान्नुपर्ने धारणा राखेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise