२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

जुम्ल्याहा दाजु बहिनीले एसईईमा ल्याए ४ जीपीए

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १२:५३
जुम्ल्याहा दाजु बहिनीले एसईईमा ल्याए ४ जीपीए

काठमाडौं : सौरभ रिजाल र समृद्धि रिजाल जुम्ल्याहा दाजु बहिनी हुन् । सौरभ र समृद्धि दुवै जनाले एसईई २०८१ को परीक्षामा सर्वोत्कृष्ट नतिजा जीपीए ४ ल्याउन सफल भएका छन् ।

दुवै जना ललिगुँरास नेसनल एकेडेमी, मनमैजुका विद्यार्थी हुन् । उनीहरुले आफ्नो सफलताको श्रेय निरन्तरको अठोट, कठिन परिश्रम र विद्यालयका शिक्षक–शिक्षिकाको मार्गदर्शनलाई दिएका छन् ।

विद्यालयका संयोजक साजेश बागचन्दका अनुसार, सौरभ र समृद्धि दुवै विद्यालयका मेधावी विद्यार्थी हुन् । उनले भने, “हामीलाई विश्वास थियो कि यी दाजु–बहिनीले यसपटकको परीक्षा नतिजामा रेकर्ड कायम गर्छन् । उनीहरू विद्यालयकै गर्व हुन् ।”

ललिगुँरास नेसनल एकेडेमीबाट ८८ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४२ जनाले ए प्लस, ३४ जनाले ए र १२ जनाले बी प्लस ल्याएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise