२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

प्रभु साहले च्याते निजामती विधेयक

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १४:४७
प्रभु साहले च्याते निजामती विधेयक

काठमाडौं : सांसद प्रभु साहले निजामती विधेयक च्यातेका छन् । आइतबार विधेयकको छलफल कार्यक्रममा भाग लिँदै उनले रोस्ट्रममा विधेयक च्यातेका हुन् । 

साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधयेकलाई ‘गरिबमारा’को संज्ञा दिए ।

तल्ला तहमा कर्मचारी स्थायी नराखी आउटसोर्सिङ गर्ने अवधारणा आएपछि उनले गरिबको पक्षमा विधेयक नभएको बताउँदै विधेयक च्यातेका हुन् । 

उनले यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

ADV

सम्बन्धित खबर

Advertise