२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तिनपाटन–१० पोषणमैत्री वडा घोषणा

Nada
२०८२ असार १५ गते १६:३०
Shares
तिनपाटन–१० पोषणमैत्री वडा घोषणा

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका–१० को वडा कार्यालयले पोषणमैत्री वडा घोषणा गरिएको छ । 

ncell

तिनपाटन गाउँपालिका–१० का वडाध्यक्ष पुण्यहरि भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले वडालाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरे ।

यसअघि विभिन्न १६ वटा सूचकहरू पूरा गर्दै उक्त वडाको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर काम गर्दै आएको गाउँपालिकाले थप ३४ वटा सूचकहरू पूरा गरी वडालाई नै पोषणमैत्री वडा घोषणा गरेको हो । 

स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, शिक्षक विद्यार्थीहरूको सहभागितामा बाजागाजा सहित धुमधामका साथ वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो । यो बागमती प्रदेशका १३ वटा जिल्लाका स्थानीय तहहरूमध्ये तिनपाटन–१० को पोषणमैत्री वडा पहिलो हो ।
 

ताजा खबर

सम्बन्धित खबर