काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।