२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Nada
२०८२ असार १६ गते १२:१७
Shares
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट : पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो । 

ncell

आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारणले राजमार्ग अवरुद्ध भएको हो । रातिदेखि अत्यधिक वर्षा भएकाले गगने खोलामा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए । “गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुंगा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ”, उनले भने ।

पहिरो बगिरहेकाले काम गर्न पनि कठिन भएको प्रहरी रावतले जानकारी दिए । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ,” उनले भने, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”

सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर